भर्खरै स्थापना भएको लघुवित्तको नाफा एक करोड १८ लाख

Jan 30, 2020 01:58 PM Merolagani



राष्ट्र उत्थान लघुवित्त (RULBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

लघुवित्तले २०७५ फागुन ८ गतेबाट वित्तीय कारोबारको सुरुवात गरेको थियो।

चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ५६ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा लघुवित्तले ५७ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन र ५८ करोड ८३ लाख सापटीबाट एक अर्ब २० करोड ५२ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

दोस्रो त्रैमासम्म लघुवित्तले ९ करोड ४६ लाख ब्याज आम्दानी र ४ करोड २२ लाख रुपैयाँ ब्याज खर्च गरी ५ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.७६ प्रतिशत रहेको छ। 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।