नेपाल बङ्गलादेश बैंकको खुद ब्याज आम्दानी घट्यो, नाफा भने बढ्यो

Feb 05, 2020 08:07 AM Merolagani

नेपाल बङ्गलादेश बैंक (NBB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।

पुस मसान्तसम्ममा बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ४४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि खुद फि र कमीशन आम्दानी र सञ्चालन मुनाफामा बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ करोड १३ लाख रुपैयाँ घटेर १ अर्ब ३५ करोड ५२ लाखमा सीमित भएको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढेपछि खुद ब्याज आम्दानीमा गिरावट आएको हो। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ७ करोड ४५ लाख रुपैयाँ बढेर १ अर्ब १२ करोड ६२ लाख पुगेको छ। बैंकको खुद फि तथा कमीशन आम्दानी समीक्षा अवधिमा २५ करोड बढेको छ जसका कारण खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा बैंकको निष्क्रिय कर्जा १.७८ प्रतिशतबाट बढेर १.९२ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा बढेपनि बैंकले समीक्षा अवधिमा इम्पेरिमेन्ट चार्ज ११ करोड ८६ लाख रुपैयाँ घटाएर ९ करोड ८० लाख रुपैयाँ कायम गरेको छ। यसले गर्दा पनि बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको यस्तो चार्ज २१ करोड ६७ लाख रुपैयाँ रहेको थियो।

८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले पुस मसान्तसम्ममा ४३ करोड ८१ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ। सो अवधिसम्ममा बैंकको जगेडा कोषमा ३ अर्ब ६८ करोड १३ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा ८८ करोड १८ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४२ पैसा र मूल्य आम्दानी अनुपात १०.१६ गुणा कायम भएको छ। बैंकको आधार दर ९.९२ प्रतिशत रहेको छ भने स्प्रेड दर ४.८० प्रतिशत रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।