एनएमबिको खुद नाफा डेढ अर्बभन्दा धेरै, प्रतिशेयर आम्दानी पनि बढ्यो

Feb 09, 2020 07:37 AM Merolagani

एनएमबि बैंक लिमिटेड (NMB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले डेढ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५२ करोड ६१ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै गैर सञ्चालन मुनाफा उल्लेख्य बढेपछि खुद नाफा बढेको हो।

पुस मसान्तसम्ममा १ खर्ब २६ अर्ब ४२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १३ अर्ब ६३ करोड कर्जा लगानी गरेको यस बैंकले सो अवधिसम्ममा २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७२ करोड ८८ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४ करोड ६७ लाख रुपैयाँ बढेर १ अर्ब ५१ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि बैंकको इम्पेरिमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफामा दबाब परेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ करोड १४ लाख रुपैयाँ रहेको यस्तो चार्ज चालु आर्थिक वर्षको यसै अवधिसम्ममा बढेर ६० करोड ५२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.७६ प्रतिशतबाट बढेर १.९६ प्रतिशत पुगेका छ।

११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब २१ करोड १५ लाख रुपैयाँ, शेयरधनी कोषमा २ अर्ब ४५ करोड ६५ लाख रुपैयाँ र शेयर प्रिमियममा २ अर्ब ५४ करोड १४ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ६५ लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४० पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७ रुपैयाँ १८ पैसा हो। समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ भने १७ रुपैयाँ १६ पैसा घटेर १८८ रुपैयाँ ५५ पैसामा सीमित भएको छ। बैंकको मूल्य आम्दानी अनुपात १२.७२ बाट घटेर ११.८१ गुणामा झरेको छ।


comments powered by Disqus

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाकाे निमार्ण कार्य अन्तिम चरणमा, बैशाखदेखि बिजुली बाल्ने तयारी

Feb 18, 2020 01:14 PM

लिवर्टी ईनर्जी कम्पनी (LECL) ले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ। सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको कम्पनीको आयोजनाले बैशाखदेखि बिजुली बाल्ने गरी काम गरेको हो।