दुई इन्स्योरेन्स कम्पनीको नेप्सेमा शेयर मूल्य समायोजन

Feb 10, 2020 12:18 PM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको नेपाल स्टक एक्सचेञ्जमा मूल्य समायोजन भएको छ। नेप्सेमा दुवै इन्स्योरेन्स कम्पनीको माघ २७ गते सोमबार हकप्रद निष्काशन गर्न शेयर मूल्य समायोजन भएको हो ।

दुवै इन्स्योरेन्स कम्पनीले पूँजी वृद्धि गर्न ६० प्रतिशत हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४६७ रुपैयाँ ५० पैसा कायम गरेको छ भने एनएलजी इन्स्योरेन्सको प्रतिकित्ता ५६५ रुपैयाँ ६३ पैसा कायम भएको छ। 

इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभाले हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो। इन्स्योरेन्सले पनि चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाइसकेको छ। कम्पनीको हकप्रद शेयरमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ।

एनएलजी इन्स्योरेन्स (NLG) को गत जेठ १४ गते सम्पन्न विशेष साधारण सभाले १० बराबर ६ को अनुपात ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। धितोपत्र बोर्डबाट इन्स्योरेन्सले पुस २९ गते हकप्रद निष्काशनको अनुमति पाएको हो।

इन्स्योरेन्सले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी क्यापिटलले पाएको छ। इन्स्योरेन्सले निष्काशन गर्न लागेको उक्त हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ रोटिङ्ग प्रदान गरेको छ।

हकप्रद शेयर जारी गरेपछि दुबै इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब नाघ्नेछ।  




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।