शिवम् सिमेन्ट्सको खुद नाफा घट्यो

Feb 11, 2020 08:33 AM Merolagani

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ।

कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ करोड ६५ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनी सञ्चालनबाट आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनबाट ५ अर्ब २२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १३ लाख रुपैयाँ घटेर १ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।

४ अर्ब ४० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको शेयरधनी कोषमा ३ अर्ब ६४ लाख रुपैयाँ र शेयर प्रिमियममा ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९७ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ७० पैसा कायम भएको छ। त्यसैगरी, सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २३.३६ गुणा रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।