बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा बढ्यो

Feb 11, 2020 09:58 AM Merolagani

बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार दुबै कम्पनीको सञ्चालन आम्दानी र खुद नाफा बढेको छ।

दुबै कम्पनीहरुको सञ्चालनबाट आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मममा बोटलर्स नेपाल (बालाजु) (BNL) ले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ करोड ९७ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १६ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालनबाट आम्दानी २४ करोड ७५ लाख रुपैयाँ बढेर ४ अर्ब ७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८ करोड ३१ लाख रुपैयाँ बढेर १ अर्ब २८ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

१९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१६ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ८ गुणा कायम भएको छ।

यता बोटलर्स नेपाल (तराई) (BNT) ले चालु आवको पुस मसान्तसम्मममा २४ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा ३ करोड ३४ लाख रुपैयाँ बढी हो। गत आवको यसै अवधिसम्ममा कम्पनीले २० करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालनबाट आम्दानी १५ करोड ४४ लाख रुपैयाँ बढेर २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ५ करोड ९४ लाख रुपैयाँ बढेर ९१ करोड १५ लाख रुपैयाँ पुगेको छ।

१२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४०२ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात १५ गुणा कायम भएको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।