बैंक अफ काठमाण्डूको खुद नाफामा सुधार, ईपीएस सामान्य घट्यो

Feb 11, 2020 08:53 AM Merolagani



बैंक अफ काठमाण्डू(BOKL)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको अधिकांश सूचकमा सामान्य सुधार भएको देखिन्छ।

यस अवधिसम्ममा बैंकले ८८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४ करोड ६२ लाख रुपयाँ अर्थात १९.८३ प्रतिशतले धेरै हो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य सुधार भएसँगै खुद नाफा सोही दरमा बढेको हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको निक्षेप संकलन तथा कर्जा परिचालनमा सामान्य वृद्धि भएको छ। पुस मसान्तसम्ममा ८९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७६ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिसम्ममा बैंकले एक अर्ब ९३ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको १६ करोड ३६ लाख रुपैयाँ अर्थात ९.२५ प्रतिशत धेरै हो। 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २१ करोड २८ लाख रुपैयाँ बढेर एक अर्ब २६ करोड १५ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड २७ लाख रुपैयाँ र शेयरधनी कोषमा ६० करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ।

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ६८ पैसा कायम भएको छ। गत आवको यसै अवधिमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८६ पैसा रहेको थियो।

दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको वितरण योग्य नाफा ५९ करोड ८२ लाख रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.१२ गुणा छ।

समीक्षा अवधिसम्ममा बैंकको निष्किृय कर्जा अनुपातमा सामान्य सुधार भएको पाइन्छ। गत आवको यसै अवधिमा २.०८ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा अनुपात ०.५४ प्रतिशत विन्दुले सुधार भएर १.५४ प्रतिशतमा झरेको छ। बैंकको आधार दर ९.९९ प्रतिशत र स्प्रेड दर ५.०३ प्रतिशत रहेको छ भने बैंकको कोषको लागत ७.३६ प्रतिशत रहेको छ ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।