प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद फागुन १८ गतेदेखि बिक्री खुल्ला

Feb 11, 2020 10:24 AM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स(PICL)ले फागुन १८ गतेदेखि चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले दश बराबर ६ कित्ताको अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले माघ २७ गते सोमबार शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरिसकेको छ। जस अनुसार माघ २६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्। इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु र सेन्ट्रल फाइनान्स तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने व्यवस्था रहेको छ। इन्स्योरेन्सको हकप्रदमा चैत २३ गतेसम्म आवेदन गर्न सकिनेछ।

इन्स्योरेन्सले बिक्रीमा ल्याउन लागेको यस हकप्रदलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ पलस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको सङ्केत गर्दछ।

हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।