सिटिजन लाइफको खुद बीमाशुल्क र नाफा दुबैमा सुधार

Feb 11, 2020 03:18 PM Merolagani

सिटिजन लाइफ इन्स्योरेन्स (CLICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७९ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३९ करोड २६ लाख रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४० करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३ करोड १ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ६ करोड ७ लाख रुपैयाँ र बीमालेख धितोमा ६ करोड ७४ लाख रुपैयाँ लगानी गरी १७ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले निकट भविष्यमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने ७५ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा छ। आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

इन्स्योरेन्सको जगेडा कोषमा ४२ करोड १ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ४ करोड ४० लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा इन्स्योरेन्सले कूल १२ हजार ७९८ बीमालेख जारी गरी ८० करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। हाल इन्स्योरेन्समा एक लाख १३ हजार ४५३ बीमालेख कायम छ।

इन्स्योरेन्सले ५७ वटा दाबी बापत ५ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ दाबी बापत १६ लाख ६९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।