मेगा बैंकको नाफा ३० प्रतिशत बढ्यो

Feb 11, 2020 09:04 PM Merolagani



मेगा बैंक नेपाल (MEGA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९५ करोड २ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षकै पहिलो त्रैमासम्ममा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गरेको हो।

पुस मसान्तसम्ममा बैंकले ८४ अर्ब ६३ करोड रुपैँया निक्षेप संकलन गरी ७८ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतभन्दा बढी बढेको छ भने कर्जा तथा सापटी १८ प्रतिशतभन्दा बढी बढेको छ।

मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन्।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।