राष्ट्रिय वाणिज्य बैंकको इम्पेरिमेन्ट चार्ज बढ्दा नाफा घट्यो

Feb 12, 2020 07:50 AM Merolagani

राष्ट्रिय वाणिज्य बैंक (RBB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको इम्पेरिमेन्ट चार्ज बढेसँगै खुद नाफा घटेको छ।

सो अवधिसम्ममा बैंकले २ अर्ब २० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० करोड ४ लाख रुपैयाँ अर्थात ८.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न दबाब पुगेको हो।

पुस मसान्तसम्ममा बैंकले ५ अर्ब ६ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १० करोड ६९ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ३७ करोड २१ लाख रुपैयाँ घटेर ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको निष्क्रिय कर्जा बढेसँगै इम्पेरिमेन्ट चार्जमा बढी रकम छुट्याउनु परेका कारण सञ्चालन मुनाफा घटेको हो। पुस मसान्तसम्ममा १ खर्ब ९४ अर्ब ९० करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४७ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकको निष्क्रिय कर्जा ३.४० प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ। यससँगै बैंकले इम्पेरिमेन्ट चार्जमा २० करोड १३ लाख रुपैयाँ छुट्याएको छ। यसका कारण बैंकको सञ्चालन मुनाफा घट्न गई नाफामा कमी आएको हो।

९ अर्ब ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको शेयरधनी कोषमा १ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा १२ अर्ब ४८ करोड २१ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ९ करोड ३० लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा बैंकको कोषको लागत ४.०५ प्रतिशत, आधार दर ६.६० प्रतिशत र स्प्रेड दर ५.५३ प्रतिशत रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।