एलआईसी नेपालको खुद बीमाशुल्क साढे सात अर्ब माथि, नाफा पनि बढ्यो

Feb 12, 2020 08:26 AM Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको खुद बीमाशुल्क गत वर्षको यहि अवधिको तुलनामा ३२.४२ प्रतिशतले बढी हो।

गत वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब ७८ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब २० करोड २१ लाख रुपैयाँ, पुर्नबीमा कमिशन वापत ८१ लाख ३१ हजार र बीमालेख धितोमा ११ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेर ५८ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सको खुद नाफा भने ५० लाख ५७ हजार रुपैयाँले बढेर ७ करोड ६८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा इन्स्योरेन्सले ७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बीमांकिय मुल्यांकनपछि इन्स्योरेन्सको नाफामा फरक पर्न सक्छ।

चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड ५३ लाख, जीवन बीमा कोषमा ६१ अर्ब ९ करोड ७१ लाख र महाविपत्ती कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ।

कुल ७ लाख ५१ हजार ५०३ बीमालेख कायम रहेको इन्स्योरेन्सले ७ अर्ब ६९ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा ८ हजार ५७८ वटा दाबी वापत एक अर्ब ८४ करोड ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १९ करोड ५६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वार्षिक ७ रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात १५१.७१ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।