एचआइडिसिएलको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति?

Feb 12, 2020 12:27 PM Merolagani



हाईड्रोइलोक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेको छ। कम्पनीले बुधबार सार्वजानिक गरेको वित्तीय विवरणमा खुद नाफा गत आवको यसै अवधिको तुलनामा १ करोड ३५ लाख रुपैयाँ घटेको छ। 

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ५५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ जलविद्युत आयोजनाहरुमा कर्जा लगानी गरेको छ। गत आवको सोही अवधिसम्ममा १ अर्ब ८२ करोड ८ लाख रुपैयाँ लगानी गरेको कम्पनीले यस आवमा १ अर्ब ४ करोड २३ लाख रुपैयाँले लगानी बढाएको हो। दोस्रो त्रैमाससम्ममा कम्पनीको टर्म डिपोजिट भने २६ करोड ९९ लाख ६८ हजार रुपैयाँ घटेर १३ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ।

कम्पनीले सहायक कम्पनीको लाभांश बापत १ करोड ७ लाख रुपैयाँ लाभांश आम्दानी गरेको छ भने अन्य ग्राहकसँग गरेको सम्झौताबाट ७ लाख २६ हजार कमाएको छ। गत आवको सोही अवधिसम्ममा अन्य ग्राहकसँग गरेको सम्झौताबाट ८६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको सहायक कम्पनीमा २५ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ।

गत आवको पुस मसान्तको तुलनामा कम्पनीको खर्च समेत बढे्को छ। गत आवमा १ करोड १६ लाख रुपैयाँ रहेको सञ्चालन खर्च चालु आर्थिक वर्षकाे दोस्रो त्रैमाससम्ममा आइपुग्दा बढेर १ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

हाल ११ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६० करोड ६८ लाख रुपैयाँ रहेको छ। दाेस्रो त्रैमाससम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँ ७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ६८ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १३.९१ गुणा रहेको छ।

कम्पनीले ३४ करोड ९० लाख रुपैयाँ शेयरमा लगानी गरेको छ भने ८ करोड रुपैयाँ कर्पोरेट बण्डमा लगानी गरेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।