फागुनको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

Feb 13, 2020 11:56 AM MeroLagani



सुनको मूल्य फागुन १ गते प्रतितोला ३०० रुपैयाँले बढेको छ । माघ महिनाको अन्तिम साताको मंगलबार र बुधबार सुनको मूल्य केहि घटेता पनि बिहिबार फेरि बढेकोे हो । 

माघ महिनामा सुनको मूल्यमा केही अस्थिरता देखिएको थियो । 

बिहीबार छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि फागुनको पहिलो दिन तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँ कायम रहेको छ । माघ महिनाको अन्तिम दिन अर्थात् बुधबार चाँदीको मूल्य प्रतितोला ८७५ रुपैयाँ रहेको थियो ।

माघ महिनामा सुनको मूल्य उच्चतम बिन्दुमा पुग्दा प्रतितोला ७६ हजार ५०० रुपैयाँ र न्यूनतममा ७४ हजार ७०० रुपैयाँसम्ममा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको उच्चतम मूल्य प्रतितोला ९०० रुपैयाँ पुगेको थियो भने न्युनतममा प्रतितोला ८७० रुपैयाँ रहेको महासंघले जनाएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।