फागुनको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

Feb 13, 2020 11:56 AM MeroLagani



सुनको मूल्य फागुन १ गते प्रतितोला ३०० रुपैयाँले बढेको छ । माघ महिनाको अन्तिम साताको मंगलबार र बुधबार सुनको मूल्य केहि घटेता पनि बिहिबार फेरि बढेकोे हो । 

माघ महिनामा सुनको मूल्यमा केही अस्थिरता देखिएको थियो । 

बिहीबार छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि फागुनको पहिलो दिन तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँ कायम रहेको छ । माघ महिनाको अन्तिम दिन अर्थात् बुधबार चाँदीको मूल्य प्रतितोला ८७५ रुपैयाँ रहेको थियो ।

माघ महिनामा सुनको मूल्य उच्चतम बिन्दुमा पुग्दा प्रतितोला ७६ हजार ५०० रुपैयाँ र न्यूनतममा ७४ हजार ७०० रुपैयाँसम्ममा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको उच्चतम मूल्य प्रतितोला ९०० रुपैयाँ पुगेको थियो भने न्युनतममा प्रतितोला ८७० रुपैयाँ रहेको महासंघले जनाएको छ ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।