अपर तामाकोशीको घाटा २ करोड ३३ लाख

Feb 13, 2020 02:20 PM Merolagani



चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर (UPPER) ले २ करोड ३३ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ३ करोड २३ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी बढेका कारण नोक्सानी कम भएको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ लाख रुपैयाँ अन्य श्रोतबाट आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५७ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ। यसका साथै कम्पनीले खर्चहरु पनि नियन्त्रण गरेको छ। जसले कम्पनीको नोक्सानी न्यूनिकरणमा टेवा पुगेको छ।

सबैभन्दा ठूलो तथा राष्ट्रिय गौरवको जलविद्युत आयोजना अपर तामाकोशी हाइड्रोपावरको निर्माणाधिन अवस्थामा रहेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्मममा कम्पनीले विद्युतको व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ।

नोक्सानीमा रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी २२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ७५ पैसा रहेको छ।