बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा

Feb 14, 2020 09:12 AM RSS



बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन्। प्रधानमन्त्री बोरिस जोनसनले जाविदको राजिनामा स्वीकृत गर्दै नेता ऋषि सुनकलाई नयाँ अर्थमन्त्रीको रूपमा नियुक्त गरेका छन्।

उनान्चालीस बर्षीय सुनक एक व्यापारीक पृष्ठभूमिबाट अर्थमन्त्री बनेका हुन् भने उनले बेलायतको राजस्व हेर्ने मुख्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

डिसेम्बरको चुनावमा संसदमा बहुमत ल्याएपछि बनेको जोनसन सरकारले आफ्नो मन्त्रिपरिषद्को पहिलो फेरबदलमा अर्थमन्त्रीलाई पारेको जाविदका प्रवक्ताले पुष्टि गरेका छन्।

बेलायतको समाचार संस्था प्रेस एसोसिएसनले जाविदको निकटस्थ एक अज्ञात स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘जोनसनले जाविदलाई आफ्नो सहयोगीहरूको समूहबाट बर्खास्त गर्न चाहेको तर उनले अस्वीकार गरेपछि राजिनामा दिनुभएको छ।’

“उनले चान्सलर अफ एक्सचेकरलाई पनि अस्वीकार गर्नुभएको छ,” स्रोतले भन्यो। “प्रधानमन्त्रीले अर्थमन्त्रीका सबै विशेष सल्लाहकारलाई हटाई संयुक्त अधिराज्यको सल्लाहकारको एउटै समूह बनाउने तयारी गरेपछि जाविदले राजिनामा दिनुभएको हो।”

“कुनै पनि स्वाभिमानी मन्त्रीले यी सर्तहरू स्वीकार गर्दैनन्’, उनले बताए।

बेलफास्टमा गठबन्धन सरकारको पुनः स्थापनाका लागि भूमिका निभाएका उत्तरी आयरल्याण्डका मन्त्री जूलियन स्मिथलाई प्रतिस्थापित गरेपछि असन्तुष्ट बनेका जाविदले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्। पचास वर्षीय जाविद एक वरिष्ठ बैंकरबाट राजनीतिमा आएका थिए। पूर्व अर्थमन्त्री फिलिप ह्यामण्डको स्थानमा अर्थमन्त्री हुनुभन्दा पहिले उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।