नगद लाभांश प्रस्ताव सहित ङादीको साधारण सभा आह्वान

Feb 17, 2020 08:30 AM Merolagani



ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले नगद लाभांश प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ। कम्पनीले फागुन २७ गते छैठौँ वार्षिक साधारण सभा डाकेको हो।

सो सभा अमृतभोग क्याटरर्स, कालिकास्थानमा बिहान १० बजे शुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ। यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभा तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँ रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।