सूर्या लाइफको संस्थापक शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

Feb 17, 2020 09:01 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक समूहको शेयर शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ।

बैंकले इन्स्योरेन्सको ५५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो। सो शेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्।

लगानीकर्ताहरुले सो शेयर खरिदका लागि फागुन ५ गतेदेखि १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। लगानीकर्ताहरुले १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंक, थापाथली, विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।