पुनर्बीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डले दियाे अनुमति

Feb 18, 2020 02:56 PM Merolagani



नेपाल पुनर्बीमा कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्काशन गर्न फागुन ४ गते अनुमति पाएको हो ।

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले निष्काशन गर्ने उक्त आईपीओलाई इक्रा नेपालले ‘‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ्ग प्रदान गरेको छ । इक्रा नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको जनाउँछ ।

शेयर निष्काशनका लागि कम्पनीले आरबिबि मर्चेण्ट बैंकिङ्गलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीको आईपीओ बिक्री नभएमा नागरिक लगानी कोष र मेगा क्यापिटलले प्रत्याभूति गर्नेछ ।

कम्पनीको हाल चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ छ । एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।