आईपीओ निष्काशनको तयारीमा रहेका तीन निर्जीवन बीमा कम्पनीहरुमध्ये कुन कस्तो?

Feb 25, 2020 10:35 AM Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नयाँ तीन निर्जीवन बीमा कम्पनीहरु मध्ये अजोड इन्स्योरेन्सले आफ्नो उपस्थिति बलियो बनाएको छ। खुद बीमाशुल्क, खुद नाफा र बीमा कोषमा अजोड इन्स्योरेन्सले आफुलाई मजबुत साबित गरेको हो।

यस अवधिमा अजोड इन्सयोरेन्सले सबैभन्दा धेरै १६ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी २ करोड ३१ लाख रुपैयाँ नाफा गरेको छ। यस्तै कम्पनीको बीमा कोषमा पनि सबैभन्दा धेरै ४ करोड २१ लाख रुपैयाँ सञ्चित छ भने जगेडा कोषमा सबैभन्दा थोरै ३ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

जगेडा कोषमा भने जनरल इन्स्योरेन्स बलियो देखिएको छ। यस अवधिमा जनरल इन्स्योरेन्सको जगेडा कोषमा सबैभन्दा धेरै ३ करोड २९ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले १३ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने सबैभन्दा कम १ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

सानिमा जनरल इन्स्योरेन्सले भने सबै भन्दा कम ६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सानिमाको जगेडा कोषमा ३ करोड २९ लाख र बीमा कोषमा ३ करोड ८७ लाख रुपैयाँ सञ्चित छ।

आईपीओ निष्काशनको प्रकृया कहाँ पुग्यो ?

अजोड, सानिमा र जनरल इन्स्योरेन्स गत वर्षदेखि सञ्चालनमा आएका नयाँ निर्जीवन बीमा कम्पनीहरु हुन्। सबै कम्पनीको चुक्ता पूँजी समान ७० करोड रुपैयाँ छ।

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्नेछ। त्यस अनुसार हरेक कम्पनीहरुले जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई आईपीओ जारी गरी न्युनतम चुक्ता पूँजी पुर्याउने तयारी समेत गरेका छन्।

तीन निर्जीवन बीमा कम्पनीहरुले मध्ये अजोड इन्स्योरेन्स आईपीओ निष्काशनको लागि अनुमति माग्दै धितोपत्र बोर्ड पुगिसकेको छ। कम्पनीले हाल कायम जारी पूँजीको ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति माग्दै माघ २१ गते आवेदन दिएको हो।

आईपीओ निष्काशनपछि इन्स्योरेन्सको चुक्तापुँजी बीमा समितिको निर्देशन अनुसार न्युनतम एक अर्ब रुपैयाँ पुग्नेछ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ भने प्रत्याभुतकर्ता ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलले रहेका छन्।

इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको जनाउछ।

जनरल इन्स्योरेन्सले पनि हाल कायम जारी पूँजी एक अर्ब रूपैयाँको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्नेछ।

कम्पनीको साउन २९ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाले पारित गरेको आईपीओ निष्काशन गर्न शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ।

सर्वसाधारणहरुलाई ३० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरी बाँडफाँड गरेपछि जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ। हाल कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रूपैयाँ छ।

सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो। सानिमाले पनि ३० करोड रुपैयाँ बराबरको ३० लाख  कित्ता शेयर निष्काशन गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।