सूर्या लाइफको लिलामीमा रहेको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

Feb 25, 2020 07:55 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को संस्थापक समूहको शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आज (फागुन १३ गते) अन्तिम दिन हो।

बैंकले इन्स्योरेन्सको ५५ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको हो। सो शेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। लगानीकर्ताहरुले १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंक, थापाथली, विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।