लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने

Feb 26, 2020 07:51 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (LGIL) ले लिलामीमार्फत बिक्री गर्ने सर्वसाधारण समूहको करिब १ लाख कित्ता शेयर खरिदका लागि आज (फागुन १४ गते) देखि बोलपत्र पेश गर्न सकिने भएको छ।

इन्स्योरेन्सले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो।

लिलाम प्रक्रियामार्फत बिक्री गर्न लागिएको अवितरित ९९ हजार ७२६ कित्ता हकप्रद शेयरका लागि फागुन २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा अधिकतम सबै कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।