आजसम्म कायम शेयरधनीहरुले ङादीको लाभांश प्राप्त गर्ने

Feb 26, 2020 08:50 AM Merolagani



ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (फागुन १४ गते) अन्तिम दिन हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि (फागुन १५ गते) बिहीबार बुकक्लोज गर्नेछ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। गत फागुन १ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ करोड ३५ लाख ५५ हजार ४८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

कम्पनीले सो नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २७ गते वार्षिक साधारण सभा डाकेको छ। सो साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्नेछ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।