प्राइम लाइफको लाभांश घोषणा

Mar 10, 2020 10:45 AM Merolagani



प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले गत आर्थिक वर्ष २०७४/७५ को कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

इन्स्योरेन्सको फागुन २३ गते शुक्रबार बसेको सञ्चालक समितिको १३२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको मुनाफाबाट सोही आवको लागि शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो। 

यसअनुसार इन्स्योरेन्सले २५ करोड ९ लाख ९२ हजार ४२२ रुपैयाँ बराबरको बोनस शेयर र १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

हाल २ अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरणपश्चात पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।