सुनको मूल्य फेरी बढ्यो, तोलाको कति?

Mar 16, 2020 10:57 AM Merolagani



केहि दिन यता घटेको सुनको मूल्य चैत्र ३ गते, सोमबार फेरी बढेको छ। सोमबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो।

यसदिन छापावाला सुन प्रतितोला ७७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाला सुन प्रतितोला ७७ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

विश्वमा कोरोनाको असर बढ्दा सुन बजार प्रभावित भएको हो। गत बुधबारदेखि लगातार सुनको मूल्य ओरालो लागेपनि सोमबारदेखि सुन पुनः बढेको छ।

सोमबार भने चाँदीको मूल्य स्थीर रहेको छ। यसदिन चाँदी आइतबारकै मूल्य अर्थात प्रतितोला ७९० रुपैयाँ कारोबार भइरहेको छ। 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।