सिद्धार्थ इन्स्योरेन्सको बुकक्लोज

Mar 17, 2020 11:13 AM Merolagani



सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (SIL) ले चैत १३ गतेदेखि शेयर दाखिला खारेज बन्द (बुकक्लोज) गर्ने भएको छ। इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ सो दिनदेखि बुकक्लोज गर्न लागेको हो।

इन्स्योरेन्सले चैत २८ गते १८ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा अग्रवाल सेवा केन्द्रको भवन, कमलपोखरीमा बिहान ११ बजे शुरु हुने इन्स्योरेन्सले जनाएको छ।