दुई कम्पनीको शेयरमूल्य समायोजन

Mar 17, 2020 11:31 AM Merolagani



नेपाल स्टक एक्सचेञ्जमा चैत ४ गते मंगलबार दुई वटा कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

नेपाल इन्स्योरेन्स र महिला सहयात्रा लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले नेपाल इन्स्योरेन्स (NICL) को ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकीत्ता ३९६.१९ रुपैयाँ र महिला सहयात्रा (MSMBS) को १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरी ६८२ रुपैयाँ ७३ पैसा कायम गरेको छ।

मंगलबार सोहि समायोजित मूल्यलाई आधार मानेर दुबै कम्पनीको शेयर कारोबार खुलेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।