दुई लघुवित्त संस्था आईपीओ निष्काशनको माग गर्दै पुग्यो धितोपत्र बोर्ड

Mar 18, 2020 07:49 AM Merolagani



दुई लघुवित्त संस्थाले प्राथमिक शेयर (आईपीओ) निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। समाज लघुवित्तले फागुन १६ गते र साधाना लघुविले फागुन २७ गते आईपीओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन्।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता र साधाना लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७८ हजार कित्ता गरी कुल ७ करोड ९३ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ९३ हजार ८०० कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो।

समाज लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। यस्तै साधाना लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमइ क्यापिटल रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।