दुई लघुवित्त संस्था आईपीओ निष्काशनको माग गर्दै पुग्यो धितोपत्र बोर्ड

Mar 18, 2020 07:49 AM Merolagani



दुई लघुवित्त संस्थाले प्राथमिक शेयर (आईपीओ) निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। समाज लघुवित्तले फागुन १६ गते र साधाना लघुविले फागुन २७ गते आईपीओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन्।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता र साधाना लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७८ हजार कित्ता गरी कुल ७ करोड ९३ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ९३ हजार ८०० कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो।

समाज लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। यस्तै साधाना लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमइ क्यापिटल रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।