एक्सेलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 19, 2020 10:48 AM Merolagani



एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (चैत ६ गते) अन्तिम दिन हो।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत ७ गते) बुकक्लोज गर्नेछ। जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७.१० प्रतिशतका दरले बोनस शेयर र सो बापतको कर प्रयोजनार्थ ०.९० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश पारित गर्न बैंकले आगामी चैत २० गते साधारण सभा डाकेको छ।

सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।