आइतबार शेयर कारोबार किन बन्द भएन ? यस्तो छ कारण

Mar 22, 2020 01:41 PM Merolagani



सुवास निरौला

अर्थ मन्त्रालय,नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार संचालले नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बजार बन्द गर्ने विषयमा निर्णय गर्ने हिम्मत गरेनन् । तर लगानीकर्ताले भने बजार बन्दै गर्नु पर्ने माग गरिरहेका छन्

शुक्रवार नेपाल सरकारका प्रधानमन्त्रीले अत्यबस्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने भनेका थिए , यस अनुसार शेयर बजार बन्द हुनु पर्ने हाे तर उनैले विद्युतीय सेवा भने खुल्ला हुने भनेपछि तीनै निकायले शेयर बजार बन्द गर्ने निर्णय गर्न नसकेका हुन्।

आज बिहान बस्ने धितोपत्र बोर्डको बैठकले बन्द गर्ने निर्णय गर्ने अनुमान गरिएको थियो । बोर्ड बैठक बस्नु अघि उसले अर्थ मन्त्रालयको सहयोग खोजेको थियो । तर अर्थ मन्त्रालयले विद्युतीय कारोबार  अनलाइन बाटै गर्न सकिने बताएपछि बोर्डले बैठकबाट बन्द गर्ने निर्णय भने गराउन सकेन । अर्थ मन्त्रालयले बोर्डलाइ शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड आँफै भएकोले उसैलाई निर्णय गर्न भनिदिएपछि बोर्ड निर्णय गर्नबाट पछि हटेको हो ।

यता नेप्सेले समेत अर्थ र बोर्ड निर्देशन अनुसार नै काम बन्द गर्ने वा नगर्ने जनाएको छ । लाइसेन्स दिने निकायले निर्णय नगरिदिएका कारण कारोबार खुला गरेकाे जनाएको छ । नेप्से कार्यान्वयन गर्ने निकाय भएकोले उसले आफूलाई इजाजत दिने निकायले बन्द गर्ने विषयमा सोधिएकोमा आफैले निर्णय गर्नु भन्ने निर्देशन आएपछि  एक्लैले बन्द गर्ने आँट नगरेको नेप्सेका एक अधिकारीले बताए । 

काराेबार खाेल्ने बिषयमा बाेर्डले नेप्सेलाइ र नेप्सेले बाेर्डलाइ देखाएपछि यी दुइ  निकायकै  मिलेमताेमा बजार खुलेकाे लगानीकर्ताकाे आरोप छ ।

तर यता ब्रोकर कम्पनी र मर्चेन्ट बैङ्कले भने कारोबार बन्द गरेका छन् । आइतबार ५० ब्राेकर कम्पनी मध्ये १५ वटाले मात्रै कारोबार सुचारु गरेका छन् भने बाँकीले सेवा बन्द गर्ने निर्णय गरेका छन् । जसले आइतबार कारोबार रकम कम भएको हो ।  लाइसेन्स दिएको निकायको निर्देशन विपरीत कारोबार बन्द गरेकोमा नियामक र बजार सञ्चालक रुष्ट भएका छन् ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।