वोमी लघुवित्तले पनि स्थगित गर्यो साधारण सभा

Mar 23, 2020 11:06 AM Merolagani



नेपाल सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन निर्देशन दिएसँगै सूचीकृत कम्पनीहरुले धमाधम साधारण सभा स्थगित गर्न थालेका छन्। यसैबिच वोमी माइक्रोफाइनान्स (WOMI) ले पनि साधारण सभा स्थगित गरेको सूचना प्रकाशित गरेको छ।

चैत ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको १४४ औँ बैठकले सो निर्णय गरेको हो। सरकारी निर्देशन बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरिएको लघुवित्तले जनाएको छ। लघुवित्तले यही चैत १६ गते औठौँ वार्षिक साधारण सभा आह्वान गरेको थियो।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।