Thu, Jan 01, 2026
नेपाल सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन निर्देशन दिएसँगै सूचीकृत कम्पनीहरुले धमाधम साधारण सभा स्थगित गर्न थालेका छन्। यसैबिच वोमी माइक्रोफाइनान्स (WOMI) ले पनि साधारण सभा स्थगित गरेको सूचना प्रकाशित गरेको छ।
चैत ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको १४४ औँ बैठकले सो निर्णय गरेको हो। सरकारी निर्देशन बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरिएको लघुवित्तले जनाएको छ। लघुवित्तले यही चैत १६ गते औठौँ वार्षिक साधारण सभा आह्वान गरेको थियो।
पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।