अमेरिकी प्रोत्साहनको अपेक्षासँगै उकालो लाग्यो एशियाली शेयर बजार, डउ जोन्समा ९ दशकपछिको उत्कृष्ट सुधार

Mar 25, 2020 01:18 PM Merolagani



केही समयदेखि गिरावटका क्रममा रहेर ठूलो नोक्सानी बेहोरेको एशियाली शेयर बजार फेरि सुधारको गतिमा फर्किएको छ । 

कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव कम गर्नका लागि अमेरिकी सांसदहरु करिब २० खर्बको योजनमा सहमतिको नजिक भएको भन्ने खबरसँगै एशियाली शेयर बजारले सुधारको गति समाएको हो ।

यसैगरी अमेरिकामा डउ जोन्समा करिब ९ दशकपछि एकदिनको सबैभन्दा ठूलो बढोत्तरी देखिएको छ ।
महामारीको प्रकोपबाट वित्तीय बजारमा अस्थिरता छाएसँगै लगानीकर्ताहरु नराम्रोसँग प्रभावित भइरहेका बेला यस्तो सुधारलाई उत्कृष्ट मानिएको छ ।

बुधबारको सुरुवाती कारोबारमा जापानको निक्केई २२५ सूचकमा ५.४ प्रतिशतको बढोत्तरी देखिएको छ । यसैगरी हङकङको हाङसेङ सूचकमा ३.३ प्रतिशत र चीनको शांघाई कम्पोजिटमा १.९ प्रतिशतको सुधार देखिएको छ ।

यसै महिनामा डउ जोन्समा ५ दिन लगातारको बढोत्तरी देखिएसँगै १३५ वर्षको इतिहासमा ५ ठूला गिरावट पनि देखियो ।

वाल स्ट्रीटमा मंगलबार डउ जोन्स ११.४ प्रतिशतले बढेर सन् १९३३ पछिको सबैभन्दा ठूलो नाफा कमाउन पुग्यो । यसैगरी एसएण्डपी ५०० सूचक पनि ९.३ प्रतिशतले बढेर सन् २००८ पछिको एकदिनको सबैभन्दा धेरै प्रतिशतको सुधार देखियो । 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।