कोरोना अपडेटः ४ लाख ७१ हजार ४४ संक्रमित, १ लाख १४ हजार २२८ निको

Mar 26, 2020 09:28 AM Merolagani



महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसले मार्च २६ गते (३ः२९ जीएमटी) सम्ममा ४ लाख ७१ हजार ४४ जना संक्रमित भएका छन्। संक्रमित भएका कुल व्यक्तिमध्ये १ लाख १४ हजार २२८ जना निको भएर फर्किसकेका छन्।

सो अवधिसम्ममा यस भाइरसका कारण २१ हजार २८४ जनाको मृत्यु भएको छ।

हाल यस भाइरसबाट ३ लाख ३५ हजार ५३२ जना संक्रमित छन्। सोमध्ये ९६ प्रतिशत अर्थात ३ लाख २० हजार ७४० जनाको अवस्था सामान्य रहेको छ भने बाँकी ४ प्रतिशत अर्थात १४ हजार ७९२ जनाको अवस्था जटिल छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।