कोरोना महामारी कहरसँगै अवसर पनि

Apr 01, 2020 04:20 PM Merolagani

ज्याेति शाह

कोरोना भाईरस कोभिड–१९ को महामारीबाट यतिबेला विश्व ग्रसित बनेको छ । शक्तिशाली मुलुकदेखि ससाना देशहरु समेत अर्थतन्त्रमा पर्न सक्ने गभिंर संकटको भयमा छन् ।

कुनै ठूलो विपत्ति आफैमा दुःख र त्रास त हो नै तर नयाँ सोच र परिवर्तनका साथ काम गर्ने अवसर पनि हो भनेझैँ केही परिदृश्यहरु कोरोना कहरकै दौरान विश्वभर देखिन थालेका छन् ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानीयाँ महामारी, संकट र अभावको बेला कानुन, समाजको स्वभाव र नीति तथा व्यापारको आयामहरु परिवर्तन हुने बताउँछन् । ठिक त्यस्तै केही अनुभवहरु यहाँ हामी प्रस्तुत गर्दैछौँ । जसलाई कोरोना कहरले सृजना गरेको अवसर पनि भन्न सकिन्छ ।

  • सामसुङ मोबाईलबाट मास्कतर्फ मल्होत्रा

नेपालमा सामसुङ मोबाईलको ठूला व्यापारी हुन् दीपक मल्होत्रा । यस अघि सबैले उनलाई मोबाईल व्यापारी भन्थे तर कोरोना महामारी पछि उनको परिचय फेरिएको छ । कोरोना संक्रमण बढ्न थालेसंगै नेपालमा मास्क र स्यानीटाईजरको ठूलो अभाव सृजना भयो ।

त्यही अभाव चिर्न सरकारसंग समन्वय गरेर मल्होत्राले एकै दिन ७० हजार थान मास्क उत्पादन गर्ने मेसिन झिकाए । मल्होत्राले झिकाएको मेसिनले अहिले दैनिक ५० देखि ७० हजार हाराहारी मास्क उत्पादन गरिरहेको छ । कोरोनाको महासंकटमा मूख्य अभाव भएको वस्तुको उत्पादन र व्यापारले मल्होत्राको परिचय नै बदली दिएको छ ।

  • किबोर्डबाट सर्जिकल मास्क

सिंगापुरमा मूख्य कार्यालय रहेको रेजर कम्पनी निकै गुणस्तरीय कम्प्युटर एसेसरीज तथा अनलाईन गेम निर्माता कम्पनी हो । कप्युटरमा प्रयोग हुने माउस, किबोर्ड, माउस प्याड तथा भिडिओ गेम लगायतका एसेसरिज बनाउने उक्त कम्पनीले कोरोना महामारी विश्वभर फैलिएसंगै आफ्ना केही म्यानुफ्याक्जरीङ शाखा मास्क उत्पादनमा लगाएको छ ।

रेजरका प्रमुख कार्यकारी निर्देशक मेङ लिङ ताङले १९ मार्चमा ट्वीट गर्दै यस्तो घोषणा गरेका थिए । उनले विश्वभर रहेको मास्कको अभाव चिर्न नयाँ व्यवसाय घोषणा गरेको जनाएका छन् ।

  • टेलर्सबाट हरियो तरकारी

चाबाहिलमा लामो समयदेखि टेलरीङ पसल चलाउँदै आएका मनसुरले कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेसँगै आफ्नो पसल बन्द गरे ।

टेलरीङ व्यवसाय सरकारले तोकेको अत्यावश्यक सेवाको क्षेत्रमा पर्दैन । तसर्थ आफ्नो पसल बन्द गर्नु मनसुरका लागि सरकारी नीतिको हिसाबले पनि बाध्यकारी थियो । लकडाउनको तेस्रो दिनसम्म बन्द मनसुरको टेलर्समा चौथोदिन नयाँ दृश्य देखियो । यस अघि टेलर्समा चिटिक्क परेर लुगा मिलाउँदै बस्ने मन्सुर उक्त दिन टेलर्स परिसरमा टन्न हरियो साग र तरकारी लिएर बिक्रीका लागि बसेका थिए ।

टेलर्स चल्न नपाए पछि भाडा तिर्न र परिवार पाल्न सरकारको नीतिअनुसार आफूलाई पनि परिवर्तन गरेको उनले बताए । गृहमन्त्रालयले जारी गरेको अत्यावश्यक सेवा र वस्तुको सूचीमा तरकारी तथा खाद्यान्न व्यवसाय पनि पर्छ जो बन्द गर्नु पर्दैन ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।