बीमाशुल्क संकलन गर्ने समय बैशाखसम्म थप्न बीमा समितिको निर्देशन, अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्याद पनि थप

Apr 02, 2020 02:54 PM Merolagani



बीमा समितिले बीमाशुल्क संकलन गर्ने समय बैशाखसम्म थप गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। यस अघि जीवन बीमा सम्बन्धी बीमाशुल्क चैत मसान्त मिलाउन निर्देशन दिएको समितिले लकडाउनको अवधि बढेसंगै बीमाशुल्क संकलन गर्ने समयावधी थप गरेको हो।

समितिले निर्देशन अनुसार उक्त अवधिका लागि व्याज नलाग्ने गरी बीमाशुल्क संकलन गर्ने निर्देशन दिएको हो।

यस्तै बीमा समितिले बीमा अवधि सकिएको बीमालेखको विद्युतिय माध्यमबाट लिखित अनुरोध आएमा नविकरण गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। समितिले बिहीबार एक सकुर्लर जारी गर्दे कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमका करण असामान्य अवस्था भएकोले उक्त व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो।

निर्जीवन बीमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निबेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने निर्देशन गरेको छ।

यस्तै चैत महिनामा नवीकरण गर्नु पर्ने बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्याद पनि बैशाख मसान्तसम्म थप गरी सो वापत जरीवना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

 




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।