सरकारले उद्योग खोल्न भन्यो तर व्यवसायी तयार छैनन्

Apr 03, 2020 05:35 PM Merolagani



-रबिन पौडेल 

सरकारले स्वास्थ्यका आवश्यक प्रकृयाहरु अपनाएर उद्योग व्यवसायीलाई उद्योग खोल्न स्वीकृति प्रदान गरेपनि उद्योग व्यवसायी भने तत्कालै उद्योग खोल्ने पक्षमा छैनन्।

कोरोना रोकथाम सम्बन्धि उच्चस्तरीय समितिको चैत २० गते बसेको बैठकले उद्योग भित्रै रहेका कामदारहरुलाई प्रयोग गरी उचित स्वास्थ्य सुरक्षाको प्रबन्ध गरेर बाहिर ननिस्कने गरी उद्योग सञ्चालन गर्न सक्ने निर्णय गरेको थियो।

तर व्यवसायी भने उद्योगभित्र रहेका कामदारहरुले उद्योग चलाउन नसक्ने बताउछन्। सरकारले उद्योग खोल्न भने पनि त्यसमा केहि शर्तहरु राखिएकोले सो अनुसार उद्योग सञ्चालन गर्न नसकिने उद्योग वाणिज्य महासँघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताए।'यसले खासै फरक त नपार्ला तर केहि उद्योगहरुलाई भने केहि राहत हुन्छ', उनले भने, 'अत्यावश्य वस्तुहरुको उद्योग खोल्न सरकारले पहिला नै स्वीकृति दिएको थियो ती उद्योगहरु हामीले सञ्चालन गरीरहेका छौं।'उद्योग भित्रै बसेर काम गर्ने धेरै कामदारहरु नभएकाले अहिले कोरोनाका कारण बन्द उद्योगहरु खोल्न नसकिएको उनले बताए।खाद्यान्नका उद्योग बन्द गर्दा समस्या हुन्छ भनेर खुल्ला राखेको उनले बताए। ती उद्योगहरुमा सरकारले भनेको सबै मापदण्ड पुरा गरेर र कामदारहरुले विशेष सुरक्षा अपनाएर काम गरिरहेको उनले बताए।

त्यसैगरी महासँघका उपाध्यक्ष किशोर प्रधान पनि अहिले बन्द उद्योग खोल्न मनस्थितिमा छैनन्।'सरकारले खोल्ने भन्ने कुरा गरेको छ, त्यो त्यति सजिलो छैन्। बाहिरको कामदारहरु नगई उद्योग भित्रै रहेका कामदारहरुबाट उद्योग सञ्चालन गर्न गाह्रो छ', उनले भने।

तोकिएको मापदण्ड अनुसार केहि उद्योगहरु सञ्चालनमा आएपनि ९६ प्रतिशत उद्योगहरु सञ्चालन गर्नै नसकिने उनको भनाई छ।अहिले उद्योगमा काम गर्ने केहि कामदारहरु उद्योग भित्रै रहेपनि धेरै कामदारहरु बाहिरबाटै आउनुपर्ने भएकाले तत्काल अन्य उद्योग सञ्चालन गर्न नसकिने उनले बताए।

अर्का उद्योगि एवम् उद्योग वाणिज्य महासँघका पुर्व अध्यक्ष पशुपति मुरारका पनि उद्योग खोल्ने नहुने बताउछन्।यस्तो बेलामा उद्योग खोल्दा कसैलाई संक्रमण देखियोे भने सरकारले जुन उद्देश्यको लागि बन्द गरेको हो त्यो उद्देश्य पुरा नहुने उनले बताए।'अहिले उद्योग सञ्चालन गर्नलाई सबै कच्चापदार्थ पनि हुदैन। यो बेलामा कुन उद्योग खोल्ने र कुन बन्द गर्ने छुट्याउन सक्दैनौ र अहिले उद्योग सञ्चालन गर्नु पनि हुदैन', उनले भने। अहिले सरकारले गरेको लकडाउनलाई समर्थन गर्दै सो अवधिसम्म उद्योग बन्दै गर्नुपर्ने उनले बताए।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।