एकैदिन तीन जना कोरोना संक्रमित भेटियो, योसंगै नेपालमा संक्रमितको संख्या नौं पुग्यो

Apr 04, 2020 01:23 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिनमा तीन जना कोरोना संक्रमित भेटिएको जनाएको छ । मन्त्रालयले शनिबार फेसबुक पेजबाट एकै दिन कोरोना संक्रमित भेटिएको जानकारी गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ तीन जना संक्रमित फेला परेका हो । उनीहरु मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ ।

कैैलालीका संक्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको मन्त्रालयले जनाएको छ । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

थप तीन जना संक्रमित देखिएसंगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।