एकैदिन तीन जना कोरोना संक्रमित भेटियो, योसंगै नेपालमा संक्रमितको संख्या नौं पुग्यो

Apr 04, 2020 01:23 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिनमा तीन जना कोरोना संक्रमित भेटिएको जनाएको छ । मन्त्रालयले शनिबार फेसबुक पेजबाट एकै दिन कोरोना संक्रमित भेटिएको जानकारी गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ तीन जना संक्रमित फेला परेका हो । उनीहरु मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ ।

कैैलालीका संक्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको मन्त्रालयले जनाएको छ । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

थप तीन जना संक्रमित देखिएसंगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।