नेको इन्स्योरेन्सको साधारण सभा स्थगित

Apr 05, 2020 12:54 PM Merolagani



नेको इन्स्योरेन्स इन्स्योरेन्स (NIL) ले २४ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । कम्पनी संचालक समितिको चैत १२ गते बसेको ३८८ औं बैठकले कोरोना भइरस कोभिड १९ को कारण देशमा विषम परिस्थितिको सृजना भएको भन्दै साधारण सभा स्थागित गर्ने निर्णय गरेको हो ।

 

कम्पनीले अर्को निर्णय नभएसम्मको लागि उक्त वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

यस अघि कम्पनीले बैशाख १ गते २४ औँ वार्षिक साधारण सभा डाकेको थियो ।

आगमी साधारण सभाले हाल कायम चुक्ता पूँजीको ८.१६ प्रतिशत नगद लाभांश (कर सहित १० करोड ७४ लाख ७४ हजार ७०० रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले आगामी ४ वर्षको लागि संस्थापक समूह (क) बाट ३ जना र समूह (ख) बाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने तयारी छ ।




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।