अर्थतन्त्रमा कोरोनाको ‘शक’ लाई कसरी बुझ्ने?

Apr 07, 2020 06:05 PM Other Source

कोरोनाभाइरस संसारभरी फलिदैं गर्दा विभिन्न देशका सरकारले संक्रमणलाई नियन्त्रण गर्न सर्वसाधारण स्वास्थ्यका उपायहरु जस्तै, सामाजिक दूरी कायम गर्ने अपनाउन थाले। यती गर्दा मानिस र सामानको अवागमन त कम भयो, तर यसले अर्थव्यवस्था ठप्प भयो र विश्वव्यापी मन्दी छाउन थाल्यो। कोरोना संक्रमणजस्तै आर्थिक संक्रमण पनि तिव्र गतिमा फैलिरहेको छ।

भाइरस फैलिन थालेपनि सबै मुलुकका राजनीतिज्ञ, नीति निर्माता लगायत सबै निकायहरुको ध्यान विगतका प्रकोपले सिकाएको विधि, सामाजिक दूरी कायम गर्न, तर्फ केन्द्रित भयो। रोगको संक्रमणसँगै आर्थिक लागतहरु बढेको छ भने आगामी दिनमा कस्तो संकट आउछ भन्ने प्रक्षेपण गर्न लगभग असम्भव छ। किनकी संकटको धेरै आयामहरु अझै अज्ञात छन्।

यस्तो अवस्थामा विश्वव्यापी मन्दीले नकारात्मक वृद्धितर्फ संकेत गर्दछ। विश्व अर्थतन्त्रमा मन्दी छाउँदै गर्दा यसबाट प्रकोपभन्दा अघिको अवस्थामा फर्किन सकिन्छ कि सकिँदैन भन्ने प्रश्नहरु उठ्न थालेका छन्। त्यस्तै, कोरोनाभाइरसको संकटबाट कुनै संरचनात्मक विरासत हुन्छ कि भन्ने प्रश्नहरु पनि आउन थालेको छ।

  • अन्धकार दृष्टिकोण, अस्पष्ट दृश्यता

सामाजिक दूरी कायम गर्नु यस संक्रमणसँग बच्ने सबैभन्दा बलियो उपायको रुपमा लिइएको छ। चीनले हुवेई प्रान्तमा यो उपाय अपनाउने मौका पाएन तर अन्य स्थानहरुको यसलाई कायम गर्न कुनै गल्ती गरेन। त्यसैगरी, इटाली लगायत अन्य युरोपियन मुलुकहरुले पनि यस उपायलाई समयमा नै अपनाउन सकेन। त्यस्तै, संयुक्त राज्य अमेरिका पनि यसलाई अपनाउनबाट चुक्यो। संक्रमण बढ्दै जाँदा सामाजिक दूरीका उपायहरु व्यापक रुपमा र लामो समयका लागि अपनाउनु पर्ने हुन्छ जसले गर्दा आर्थिक गतिविधिहरुमा नकारात्मक प्रभाव पर्छ।

यसबाहेक पनि ती राष्ट्रहरु जसले सामाजिक दूरीको उपाय संक्रमण फैलनुभन्दा अगावै अपनाए, तीनीहरुको अर्थतन्त्र पनि पछाडि धकेलिएको छ। त्यस्ता मुलुकहरुले संक्रमण रोकथामका लागि चालेको कदमले कतिको सार्थकता पाउँछ, त्यो पछि आउने समयले नै बताउनेछ।

वर्तमान अवस्थामा ढिलो कदम चाल्नेहरुको आर्थिक परिदृष्य अन्धकार देखिन्छ। पछिल्लो ४ हप्तामा जे भयो त्यो कुनै जोखिम गणनाको पाटो होइन। यतीबेला प्रक्षेपणले केही कार्य गर्दैन। जस्तै, यो समयमा अमेरिकाको वेरोजगारी दर १.६ मिलियन हुने अनुमान एक अध्ययनले गरेको थियो। तर, नतिजा ३.२८ मिलियन आयो। यो एकदमै अप्रत्यासित नतिजा थियो। एक सातामा वृद्धि हुने अनुमान गरिएकोभन्दा ५ गुणा बढी। अहिलेको अवस्थामा सबै पूर्वानुमानहरु शंकास्पद देखिन्छन् किनभने अहिले धेरै अनजान पक्षहरु छन्ः

१) भाइरसको विशेषताका बारेमा पूर्ण रुपमा जान्न सकिएको छैन
२) संक्रमित व्यक्तिमा के कस्ता लक्षणहरु देखिन्छ भनेर एकिनका साथ भन्न सकिएको छैन।
३) संक्रमितहरुको वास्तविक दर अनिश्चित छन्, विशेष गरी जहाँ परीक्षण सीमित छन्।
४) नीतिगत कदमहरु असमान, ढिला वा गलत हुनसक्छन्।

अहिले निश्चत एउटै मात्र छ, त्यो के भने, निश्चित पूर्वानुमानमा गरिएका कुनै पनि प्रयास असफल हुनेछ। यद्यपी, विभिन्न परिदृष्यलाई अध्ययन गरेर अस्पष्ट वातावरणको स्पष्टता हेर्न सकिन्छ भन्ने हामी सोच्छौँ।

प्रकोपको आकार अध्ययन गर्ने

मन्दीको अवधारण द्विपक्षिय र कुटिल हुन्छ। यसले कम्तीमा पनि दुई त्रैमासको लागि विकास सकारात्मकबाट नकारात्मकतर्फ गएको तर्क दिन्छ।

यस परिस्थितिलाई चित्राङ्कन गर्ने ‘शक ज्यामिटी’ मा अर्थतन्त्रले विभिन्न आकार बनाउछ। यस्तो चित्रले अहिलेको प्रकोपले अर्थतन्त्रमा कस्तो प्रभाव परेको छ र आगामी दिनमा अर्थतन्त्र कुन दिशातर्फ अगाडि बढ्छ भन्ने अनुमान गर्न सहयोग गर्छ।

उदाहरणका लागि, यस्ता झट्काले कसरी अर्थतन्त्रलाई मन्दीतर्फ दोहो¥यायो र त्यसबाट ती देशहरु कसरी उकासिए र कसरी प्रगति गरे भन्ने कुरालाई निम्न चित्रहरुमार्फत प्रस्ट्याउन प्रयास गरिएको छः

१) भि आकारः सन् २००८ मा क्यानडाले बैंकिङ्ग क्रइसेसको सामना गर्यो। कर्जा प्रवाह अनियन्त्रित भयो र पूँजी निर्माणमा पर्याप्त बाधा सिर्जना भयो। यसले जीडिपिमा तीव्र गिरावट आयो। तर, सबै श्रम र श्रमिकको सहि उपयोग गरी क्यानडाको अर्थतन्त्रले पुनः सकारात्मक गति लियो र पुनः मन्दी अघिको अवस्थामा आयो। यस अवस्थामा ‘शक ज्यामिटि’ मा अर्थतन्त्रले ‘भि’ आकार बनाएको थियो।

२) ‘यू’ आकारः अमेरिकाको अर्थतन्त्रले अलि फरक बाटो बनायो। मुलुकको विकास तीव्र गतिमा ओरालो लाग्यो र त्यसपछि पुनः अघिल्लो अवस्थामा फर्किएन। चित्रमा देखिए जस्तै, मन्दी पछिको वृद्धि र मन्दी अघिको वृद्धिको ट्रेण्ड उस्तै छ तर, यी दुई बिचको अन्तर फराकिलो भइरहेको छ। जसले अर्थव्यवस्थामा आपूर्तिले पु्र्याएको क्षति र अनिश्चितकालको लागि हराएको आउटपुटको संकेत गर्दछ। बन्दी बढेसँगै श्रम आपूर्ति र उत्पादकत्वमा ठूलो क्षति पुग्यो।

३) ‘एल’ आकारः यस आकारको उदाहरण ग्रीसको अर्थतन्त्र हो। यो सबैभन्दा नराम्रो आकृति हो। जब मुलुकको अर्थतन्त्र तीव्र गतिमा ओरालो लागेर कहिले पनि पुरानो स्थितिमा फर्किदैन, तब यस्तो आकृति बन्छ। यस्तो अवस्थामा पुरानो र नयाँ ट्रेण्डको बिचको दूरी फराकिलो हुदै गएको देख्न सकिन्छ। यसले अर्थतन्त्रको आपूर्ति पाटोलाई गम्भीर ढक्का पुगेको देखिन्छ। पूँजी संरचना, श्रम संरचना र उत्पादकत्व निरन्तर बिग्रदै गएको छ।

माथिका चित्रहरुले के स्पष्ट पार्छ भने ‘शक’ ले अर्थव्यवस्थाको आपूर्ति र त्योभन्दा बढी पूँजी गठनलाई प्रभाव पार्छ। जब क्रेडिट मध्यस्थता विघटन हुन्छ र पूँजी आपूर्ति हुँदैन, तब रिकभरी ढिलो हुन्छ, श्रमिकहरु श्रमबाट मुक्त हुन्छन्, सीप हराउँछ र उत्पादकता घट्छ। तब ‘शक’ संस्थागत हुन्छ।
‘भि’, ‘यु’ र ‘एल’ विभिन्न परिस्थितमा बनिने आकार हुन्। ‘भि’ आकारको बाटो केही गहिरो र साँघुरो हुनसक्छ। ‘यु’ आकृति सानो गहिरो गिरावट र नयाँ विकास मार्गको साथ आउन सक्छ।

यस्तोमा कोरोनाभाइरसको ‘शक’ कहाँ फिट हुन्छ? ‘शक’को शक्ति भाइरसका अन्तरनिहित गुणहरु, नीतिगत प्रतिक्रियाका साथै उपभोक्ता र कर्पोरेट व्यवहारले कठिनाईको बीच निर्धारण गर्दछ। तर, ‘शक’ को आकार अर्थतन्त्रको आपूर्ति पक्ष विशेष गरी पूँजी गठनमा भाइरसले पार्न सक्ने क्षतिको क्षमताले निर्धारण गर्छ। यस्तो अवस्थामा दुबै ‘यु’ र ‘भि’ आकार बन्ने सम्भावना हुन्छ। आगामी दिनको लडाई यस्तै ‘यु’ आकारलाई रोक्नको लागि हो।

क्षतिका संयन्त्रहरुलाई यसरी बुझ्न सकिन्छ

ज्यामितिहरुलाई ध्यानमा राख्दा, कोभिड १९ को शकले दुई प्रश्नहरु तर्फ दोहो¥याउँछ।

१) आपूर्ति पक्षमा हुने क्षतिको संयन्त्र के हो?
२) यस्तो क्षति रोक्न कस्ता नीति अपनाउन सकिन्छ?

शास्त्रीय रुपमा, वित्तीय अभावहरुले अर्थतन्त्रको आपूर्तिलाई अपाङ्ग बनाउछ। यस्तो संकतको लामो इतिहास छ र नीति निर्माताहरुले ती संकतको वेला कस्तो नीति बनाउने भन्नेबारे धेरै कुरा सिकेका छन्। तर, कोरोनाभाइरसले तरलता र पूँजी समस्यालाई अधिक प्रभाव पार्छ। यद्यपी, वित्तीय र वास्तविक तरलता झट्का पर्याप्त थिएन, तिनीहरु पनि एक अर्कासँग सम्बन्धित छन्।

‘यु’ आकारको परिदृश्यमा कोभिड १९ ले पु¥याउन सक्ने दुई संरचनात्मक क्षतिलाई हेरौँ

१) वित्तीय प्रणाली जोखिमः कसैले सोच्दै नसोचेको कोभिड १९ को ‘शक’ ले अहिले पूँजी बजारमा तनाव उत्पन्न गरिसकेको छ भने केन्द्रिय बैंकहरुलाई प्रतिकृया दिन बाध्य गराएको छ। यदि तरलताको समस्या रहिरह्यो र वास्तविक अर्थ व्यवस्था ओरालो लागिरह्यो भने यस्तो पूँजी समस्या उत्पन्न हुन्छ। जबकि नीतिगत दृष्टिकोणबाट हामी समाधानहरु, बेलआउट्स र बैंकहरुको पुनःपूँजीकरण राजनीतिकरणको रुपमा विवादास्पद हुन सक्छन्। आर्थिक संकटले पूँजी निर्माणमा ठूलो असर पार्नुका साथै श्रम तथा उत्पादकत्वमा पनि दीर्घकालिन क्षति पु¥याउँछ।

२) ‘फ्रिज’ अर्थ व्यवस्थाको अवधि लम्बिन्छः वास्तवमै अभूतपूर्व संभावना। सामाजिक दूरीको यस महिनाले पूँजी गठन, श्रम सहभागिता र उत्पादकत्व वृद्धिमा बाधा पु¥याउन सक्छ।

वित्तीय र वास्तविक अर्थ जोखिम एक आपसमा सम्बन्धित छनः पहिलो, लामो कोभिड १९ को जोखिमले बैंकरप्सीको संख्या बढाउन सक्दछ, जसले वित्तीय प्रणालीको प्रबन्धनलाई अझ जटिल बनाउछ। यसैबीच, एक वित्तीय क्षेत्रलमा तरलताको संकट आउछ।

कोभिड १९ को जोखिम प्रोफाइल विशेष गरी खतरनाक छ भनेर भन्न सकिन्छ। वित्तीय संकटमा कसरी कार्य गर्ने भन्ने विभिन्न सन्दर्भहरुबाट जान्न सकिन्छ तर, यस्तो अर्थव्यवस्था ‘फ्रिज’ हुँदा कसरी कार्य भन्ने हुने सन्दर्भहरु छैन। यस्तो अवस्थामा अर्थतन्त्रको तरलता समस्या समाधान गर्न कुनै ठोस उपाय छैन।

‘शक’ बाट सिक्न सकिने नयाँ कुरा

माथि उल्लेखित कुनै पनि परिदृश्य कुनै पनि भौगालिक क्षेत्रमा हुँदैन भनेर भन्न सकिन्न। मुलुकहरुले दुई कारणले फरक फरक अनुभवको सामना गर्न सक्नेछन्, एक, ‘शक’ अवशोषित गर्ने अर्थव्यवस्थाको संरचनाको लचिलोपन र दोस्रो, चिकित्सा अनुसन्धानकर्ता र नीति निर्माताहरुको प्रतिक्रिया दिने क्षमता। के तिनीहरुले हराएको जीवन र आर्थिक दुःख पैदा गर्ने बीचको अतुलनीय र अप्रिय व्यापारलाई तोड्ने सक्छन्?

स्वास्थ्यको क्षेत्रमाः यती स्पष्ट छ कि खोपले सामाजिक दूरीको आवश्यकतालाई घटाउँछ र विश्व अर्थतन्त्रको नीतिमा लागेको पासो केही खुकुलो हुन्छ। तर, खोप निर्माणमा समय लाग्न सक्छ त्यसैले विद्यमान समाधानको सीमितता भित्र नयाँ वृद्धिको बाटो खोज्न तर्फ ध्यान दिनुपर्छ।

यस्तो नवीनताका उदाहरणहरु सम्पूर्ण मेडिकल क्षेत्रमा देख्न सकिन्छः चिकित्सकिय क्षेत्रमा विद्यमान उपचारविधिहरु रोगसँग लड्नका लागि प्रभावकारी हुन सक्छन्। कयौँ दर्जन उपचारविधिहरु हाल मूल्याङ्कन भइरहेका छन्।

आर्थिक पक्षः अमेरिकाले कोरोना भाइरसको असर कम गर्नका लागि २ त्रिलियन डलर बराबरको राहत प्याकेज घोषणा गर्यो। तर, यसका साथसाथै नयाँ नीति पनि बनाउनु पर्छ। त्यस्तो नीति जसले हरेक घर तथा व्यवसायमा तरलताको सहज आपूर्ति गर्न सक्छ।

(हवार्ड बिजनेस रिभ्यूका लागि फिलिप कार्लसन, मार्टिन रिभ्स र पल स्वार्ज, अनुवाद प्रत्येक अवाले )

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।