नेपाल राष्ट्र बैंकले ३० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने

Apr 09, 2020 10:43 AM merolagani



नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारले गर्ने विकास निमार्णका लागि आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो ।

विहीबार निष्काशन हुने विकास ऋणपत्र २०८१ ’घ’ को अवधि ५ वर्ष रहेको छ । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात २५ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धिका लागि छुट्याएको छर अप्रतिस्पर्धिका लागि १५ प्रतिशत अर्थात ४ अर्ब ५० करोड छुट्याइएको छ। 

इच्छुक लगानीकर्ताले चैत २७ गते विहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ । ऋणपत्र यहि चैत २८ गते निष्काशन हुनेछ भने २०८१ चैत २८ गते साँवा भुक्तानी हुनेछ ।

विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न पनि सकिन्छ ।

 




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।