साना किसानको नाफा करिब २६ प्रतिशत बढ्यो

May 11, 2020 10:32 AM Merolagani



गत आवको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) को खुद नाफा २५.७५ प्रतिशत बढेको छ।

गत आवको चैत मसान्तसम्ममा ३४ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले चालु आवको सोही अवधिसम्ममा ४३ करोड ५० लाख रुपैयाँ कमाएको छ। खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४ करोड ९ लाख रुपैयाँ बढेर ७९ करोड ५० लाख पुगेको छ भने सञ्चालन मुनाफा ११ करोड १७ लाख रुपैयाँ बढेर ६५ करोड ५० लाख पुगेको छ।

१ अर्ब चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ। लघुवित्तले चैत मसान्तसम्ममा १९ अर्ब ७९ करोड सापटीबाट २२ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २८६ रुपैयाँ १० पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात १७.०७ गुणा कायम भएको छ।

गत आवको चैत मसान्तमा ०.१६ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा बढेर ०.६५ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ५ करोड ६० लाख रुपैयाँ छुट्याएको छ। लघुवित्तले सो अवधिसम्ममा २ करोड ८६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।