छिमेक लघुवित्तको नाफा ७ प्रतिशत घट्यो

May 13, 2020 09:31 AM Merolagani



चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा छिमेक लघुवित्त (CBBL) ले ५९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। जुन गत वर्षको तुलनामा ७.०२ प्रतिशत कम हो। गत वर्षको यसै अवधिमा लघुवित्तले ६४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीको खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन नाफा घटेको छ भने कर्मचारी खर्च बढेको छ जसले गर्दा नाफा घटेको हो। 

यस अवधिमा लघुवित्तले १ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा २.४५ प्रतिशत धेरै हो। गत वर्षको यस अवधिमा उसले १ अर्ब २३ करोड खुद ब्याज आम्दानी गरेको थियो। लघुवित्तको सञ्चालन नाफा भने गत वर्षको तुलनामा १५.१० प्रतिशत घटेर २ करोड ६० लाख रुपैयाँमा झरेको छ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष गत वर्षको तुलनामा ९ प्रतिशत घटेर १ अर्ब ६४ करोड रुपैयाँमा झरेको छ।

लघुवित्तको निक्षेप संकलन १३ अर्ब ९० करोड रुपैयाँबाट बढेर १८ अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १९ अर्ब १५ करोड रुपैयाँबाट बढेर २० अर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात सामान्य बढेर ०.४१ प्रतिशत पुगेको छ।

गत आवको चैत मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा ४ करोड ८८ लाख रुपैयाँ छुट्याएको यस लघुवित्तले चालु आवको सोही अवधिमा १५ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ। जसले गर्दा लघुवित्तको नाफामा केही दबाब पुगेको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५३ रुपैयाँ १५ पैसा प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात १७.९७ गुणा रहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।