नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क साढे ५ अर्ब माथि

May 13, 2020 12:34 PM Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८९ करोड १४ लाख रुपैयाँ अर्थात १८.७० प्रतिशत बढी हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ७६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै, इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट २ करोड ७७ लाख २० हजार रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट १ अर्ब ७९ करोड ४ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट २७ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले बीमांकिय मुल्यांकन अघि ३१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९६ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३० करोड ६० लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ३१ अर्ब ५२ करोड २९ लाख, जगेडा कोषमा ७६ करोड २४ लाख र महाविपत्ती कोषमा २४ करोड ८५ लाख रुपैयाँ सञ्चित छ।

कुल ७ लाख ८४ हजार ३६६ बीमालेख कायम रहेको इन्स्योरेन्सले ५ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। १३ हजार २२ दाबी बापत एक अर्ब ९५ करोड ५० हजार रुपैयाँ भुक्तानी गरेको छ भने २६ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३ रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात ४०.९५ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।