राधी विद्युत कम्पनीको नाफामा सुधार

May 13, 2020 01:26 PM Merolagani



राधी विद्युत कम्पनी (RADHI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा एक करोड २ लाख अर्थात् २१.७० प्रतिशत धेरै हो।

गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्रीमार्फतको आम्दानी र सञ्चालन मुनाफा बढेसँगै कम्पनीको खुद नाफामा बढोत्तरी देखिएको हो।

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत् १२ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा ७० लाख रुपैयाँ अर्थात् ६.१३ प्रतिशत धेरै हो। गत आवमा कम्पनीले विद्युत बिक्रीमार्फत् ११ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा रहेको छ। यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात १०.८२ गुणा रहेको छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।