एलआईसी नेपालको खुद बीमाशुल्क १० अर्ब माथि, नाफा पनि बढ्यो

May 18, 2020 09:44 AM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको खुद बीमाशुल्क गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १७.२७ प्रतिशतले बढी हो।

गत वर्षको यहि अवधिमा कम्पनीले ८ अर्ब ७९ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ३ अर्ब ४३ करोड ३ लाख रुपैयाँ, पुर्नबीमा कमिशन बापत १ करोड १३ लाख ८१ हजार र बीमालेख धितोमा १२ अर्ब ६२ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेर ९० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि ५ लाख रुपैयाँले बढेर १० करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा इन्स्योरेन्सले १० करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सको खुद नाफा बीमांकिय मुल्यांकनपछि फरक पर्न सक्छ।

चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड ६१ लाख, जीवन बीमा कोषमा ६३ अर्ब ६७ करोड ५० लाख र महाविपत्ती कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ।

कुल ७ लाख २८ हजार २९३ बीमालेख कायम रहेको इन्स्योरेन्सले १० अर्ब ३७ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा ११ हजार ९२१ वटा दाबी बापत २ अर्ब ७६ करोड २२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २३ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वार्षिक ५ रुपैयाँ ३५ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात २१२.३९ गुणा छ।

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।