लकडाउनले बिमा कम्पनीहरूको नाफामा ठूलो धक्का लाग्दै, व्याज आम्दानीमा उल्लेख्य गिरावट हुने

May 19, 2020 09:05 AM merolagani

सुवास निरौला

लकडाउनका कारण बिमा कम्पनीहरूको नाफामा ठुलै प्रभाव पर्ने देखिएको छ। समयमा बिमा शुल्क नउठ्ने र बैंक ब्याजदर समेत लगातार घट्दै गएपछि उनीहरूको नाफामा ठुलै प्रभाव पर्ने भएको हो।

गएको चैत मसान्त सम्मको तथ्याङ्क अनुसार नाफामा खासै प्रभाव नदेखिए भएपनि त्यस यताको कारोबारमा भने ठूलै प्रभाव पर्ने छ। त्यसको असर असार मसान्तमा बिमा कम्पनीहरुको वासलातमा देखिने छ।

हाल सञ्चालित बिमा कम्पनीहरूमा पुराना भन्दा नयाँ कम्पनीहरू ठूलै समस्यामा पर्ने छ। किनकी  लकडाउनका कारण सबै बिमा कम्पनीहरूको व्यवसाय बिस्तार ठप्प प्राय छ। बिमा  समितिको निर्देशन अनुसार लकडाउन अवधिभर बिमा कम्पनीहरूले प्रिमियम उठाउन पाउने छैनन् भने त्यस अवधिको व्याज छुट समेत दिनु पर्ने छ। जसका कारण जति जति लकडाउनको अवधि बढ्दै जाने छ त्यति त्यति नै उनीहरूको नाफा सङ्कुचित हुँदै जाने छ।

हेर्नुहोस् पछिल्लो समय बिमा समितिले दिएको निर्देशन

यो निर्देशन अनुसार बिमा कम्पनीहरूले जेठ मसान्तसम्म प्रिमियम शुल्क उठाउन पाउने छैनन्। त्यस अवधिको व्याज समेत छुट दिनु पर्ने छ। बिमा शुल्क पनि उठाउन नपाउने र व्याज छुट दिनु पर्ने भएपछि उनीहरूको नाफा प्रभावित हुने निश्चित छ। यस अघि बिमा कम्पनीहरूले उठेको प्रिमियम र व्याजबाट आर्जित रकम लगानी गरेर नाफा कमाउँदै आएका थिए। लगानी नै गर्न नपाएपछि उनीहरूको नाफामा सङ्कुचन आउने निश्चित देखिएको हो।

बिमा कम्पनीहरूले गएको चैत मसान्तसम्ममा ८३ अर्ब ४६ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थिए। जसमा १९ जीवन बिमा कम्पनीहरूबाट ६३ अर्ब ९५ करोड र राष्ट्रिय बिमा कम्पनी बाहेकका १९ निर्जीवन बिमा कम्पनीहरूबाट १९ अर्ब ५१ करोड रुपैयाँ गरी उक्त बिमा शुल्क आर्जन गरेका हुन्। तर चैत यता बिमा शुल्क नै नउठेपछि यसमा ठूलै प्रभाव पर्ने छ।

उनीहरूले उठेको बिमा शुल्क विभिन्न क्षेत्रमा लगानी गर्दै आएका थिए। कम्पनीहरूले दोस्रो त्रैमास सम्म ३ खर्ब १६ अर्ब रुपैयाँ लगानी गरेका थिए। उक्त अवधिमा जीवन बिमा कम्पनीहरूको २ खर्ब ७३ अर्ब ८७ करोड रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरूले ४२ अर्ब २९ करोड २५ लाख रुपैयाँ लगानी लगानी रहेको थियो।

लगानीको ८० प्रतिशत रकम बैक मुद्दतीमा हुने गरेको थियो। त्यसबाट आर्जित व्याज आम्दानी नै बिमा कम्पनीहरूको नाफाको प्रमुख स्रोत हुने गरेको थियो। तर यति बेला बैकको ब्याजदर घट्दै गएका कारण उनीहरूको प्रमुख नाफा हुने क्षेत्र नै खुम्चिने छ। नयाँ बिमा कम्पनीहरूले आफ्नो चुक्ता पूँजी नै बैक निक्षेपमा राखेर आएको व्याज आम्दानीबाट नाफा देखाउने गरेका थिए। उनीहरूलाई घट्दो ब्याजदरले ठुलै प्रभाव पर्ने छ भने पुरानाको नाफामा समेत आंशिक प्रभाव पर्ने छ।

यस अघि बिमा कम्पनीहरूको लगानी क्षेत्र बिस्तार गरिएको भए पनि उनीहरूले अन्य क्षेत्रमा लगानी गर्न अटेर गर्दै आएका थिए। बैक मुद्दतीमै सबैभन्दा बढी लगानी रहेका कारण त्यसमा सङ्कुचन आए लगत्तै उनीहरूको नाफा स्वाट्टै घट्ने भएको हो। बिमा कम्पनीले यस अघि नै लगानी निर्देशिका अनुसार लगानी विविधीकरण नगरेका कारण उनीहरूको नाफामा थप सङ्कुचन हुने निश्चित भएको हो।

बिमा कम्पनी कालागि बिमा समितिले लगानी निर्देशिका २०७५ लागू गरेको छ। तर कम्पनीहरूले निर्देशिका अनुसार अझै लगानी विविधीकरण गरेका छैनन्। निर्देशिका अनुसार बिमा कम्पनीहरूले सूचीकृत कम्पनीको साधारण शेयर र घरजग्गामा लगानी गर्न पाउने  व्यवस्था छ। कुल टेक्निकल रिजर्भको ५ प्रतिशत घरजग्गा व्यवसायमा लगानी गर्न सकिने व्यवस्था छ। सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूको साधारण शेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्छन्। शेयर लगानी गरिने कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न भने पाइँदैन।

कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा ऋण वा पूँजी लगानी गर्न सक्छन्। यस्तै, नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैङ्क तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋण पत्रमा २० प्रतिशतसम्म वा लगानी गरिने कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत सम्म लगानी गर्न सकिने निर्देशिकामा भनिएको छ।

धितोपत्र बोर्डबाट स्वीकृत कम्पनीको ऋण पत्रमा र कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा पब्लिक  कम्पनीका हकमा २०/२० प्रतिशतसम्म ऋण वा पूँजी लगानी गर्न सकिन्छ। नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरूमा ५ प्रतिशत, राष्ट्र बैंकबाट अनुमति प्राप्त 'क' र 'ख' वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा २० प्रतिशतसम्म लगानी गर्न सकिने  व्यवस्था छ। राष्ट्र बैंकवाट अनुमति प्राप्त ‘ग’ वर्गका वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा १० प्रतिशतसम्म लगानी गर्न सकिन्छ। जीवन बिमा, निर्जीवन बिमा र पुनर्बीमा कम्पनीले यही निर्देशिका अनुसार लगानी गर्न सक्छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।