आर्थिक स्वतन्त्रता प्राप्त गर्न सिकाउने ‘क्यासफ्लो क्वाडरेन्ट’ भाग ३

May 20, 2020 07:20 PM Merolagani

अघिल्लो साता हामीले रोबर्ट काओसाकीको ‘क्यासफ्लो क्वाडरेन्ट’ को सारंशको दोस्रो भाग प्रस्तुत गरेका थियौँ। आर्थिक स्वतन्त्रताको विषयमा लिखित यो पुस्तक शेयरबजारका लगानीकर्ताले मात्र नभई सबै व्यक्तिहरुले पढ्नै पर्ने पुस्तक हो। यस साता हामीले सोही पुस्तको सारंशको तेस्रो भाग प्रस्तुत गरेका छौँ।

वित्तीय स्वतन्त्रताको ढाँचा
यो लेखकका धनी बुबाले सिफारिस गरेको ढाँचा हो। यो आर्थिक स्वतन्त्रताको मार्ग हो। यो सच्चा आर्थिक स्वतन्त्रता हो किनभने, ‘बी’ क्वाडरेन्टमा, मानिसहरु तपाईको लागि काम गरिरहेका हुन्छन् र ‘आई’ क्वाडरेन्टमा पैसा तपाईको लागि काम गरिरहेको हुन्छ। तपाई काम गर्ने कि नगर्ने भन्ने विषयमा स्वतन्त्र हुनुहुन्छ। यो दुई क्वाडरेन्टमा तपाईको ज्ञानले तपाईलाई कामबाट पूर्ण शारीरिक स्वतन्त्रता दिन्छ।

वास्तविकता यो हो कि तपाईको मालिकको काम तपाईलाई धनी बनाउने होइन। तपाईको हाकिमको काम तपाईले तलब पाउनुहुन्छ भनेर निश्चित गर्नु हो। तपाई धनी हुन चाहनुहुन्छ भने त्यो तपाईको काम हो। र त्यो काम तपाईले आफ्नो तलब प्राप्त गरेको क्षण शुरु हुन्छ। यदि तपाईसँग पैसा व्यवस्थापन गर्ने कौशल छैन भने संसारभरीको पैसाले तपाईलाई धनी बनाउन सक्दैन। यदि तपाई आफ्नो पैसालाई चलाखीपूर्वक प्रयोग गर्नुभयो र ‘बी’ अथवा ‘आई’ क्वाडरेन्टको बारेमा जान्नुहुन्छ, तब तपाई आफ्नो व्यक्तिगत भाग्य र विशेषगरी स्वतन्त्रताको पथमा हुनुहुन्छ।

लेखकका धनी बुबा आफ्नो छोरा र उनलाई भन्थे कि एक धनी मानिस र एक गरिब मानिस बीचको एक मात्र फरक भने उनीहरुले खाली समय अर्थात फुर्सदको समयमा गर्ने काम हो।

तपाई आफ्नो तलब र फुर्सदको समयमा के गर्नुहुन्छ, त्यसले तपाईको भविष्य निर्धारण गर्दछ। यदि तपाई बायाँ क्वाडरेन्टमा रहि कडा परिश्रम गर्नुहुन्छ भने, तपाई सँधैको लागि मेहेनत नै गर्नुहुनेछ। यदि तपाई दायाँ क्वाडरेन्टमा रहि कडा परिश्रम गर्नुहुन्छ भने तपाईलाई स्वतन्त्रता पाउने मौका पाउनुहुन्छ।

धेरै सफल लगानीकर्ताहरु सफल हुनुभन्दा अघि कयौँपटक असफल भएका छन्। सफल व्यक्तिहरु जान्दछन् कि सफलता एक नराम्रो शिक्षक हो। सिक गल्तीहरुबाट मिल्दछ।

अध्याय ४ः व्यापार प्रणालीको तीन प्रकार

तपाईको लक्ष्य एउटा प्रणालीको स्वामित्व हो र यो प्रणालीले तपाईको लागि काम गर्दछ। सामान्य रुपमा ३ प्रकारका व्यापार प्रणालीहरु प्रयोगमा छन्। ती हुन्ः

  • परम्परागत ‘सी’ कर्पोरेशन– जहाँ तपाई आफ्नो सिस्टमको विकास गर्नुहुन्छ
  • फ्रन्चाईज–जहाँ तपाई कायम प्रणाली खरिद गर्नुहुन्छ
  • नेटवर्क मार्केटिङ्ग–जहाँ तपाई खरिद गर्नुका साथै कायम प्रणालीको अंश बन्नुहुन्छ।

सफलता खराब शिक्षक हो

‘सफलता खराब शिक्षक हो’, धनी बुबा जहिले भन्छन् ‘हामी अधिकांश हाम्रो असफलताबाट सिक्छौँ, त्यसैले असफल हुन डराउनु हुदैन। असफलता सफलताको प्रक्रियाको एक हिस्सा हो। तपाई असफलता बिना सफल हुन सक्नुहुन्न’।

‘बी’ क्वाडरेन्टमा सजिलै पुग्ने उपायहरु:

  • एक मेन्टोर खोज्नुहोस्
  • एक फ्रान्चाइज खरिद गर्नुहोस्
  • नेटवर्क मार्केटिङ्गमा संलग्न हुनुहोस्।
  • ‘स्वेट इक्वीटी’मा लगानी गर्नुहोस्

सफल हुनको लागि, तपाईले अस्वीकार हुने डरलाई हटाउन सिक्नुपर्छ र अन्य व्यक्तिले तपाईको बारेमा के भन्छ? वा तपाईको बारेमा के सोच्छ? भनेर चिन्ता गर्नबाट रोक्न सिक्नुपर्छ। धनी बुबा भन्छन्,‘तपाई मेरो बारेमा के सोच्नुहुन्छ, त्यो मेरो चासोको विषय होइन। सबैभन्दा बढी महत्वपूर्ण कुरा म आफ्नो बारेका के सोच्छु? भन्ने हो’। सफल हुनको लागि तपाईले मानिसहरुको नेतृत्व गर्न सक्नुपर्छ। विभिन्न प्रकारका व्यक्तिहरुसँग काम गर्नु व्यवसायको सबैभन्दा कठिन काम हो। व्यवसाय प्रणालीलाई एक पूलको रुपमा सोच्नुहोस् जुन तपाईलाई क्यासफ्लो क्वाडरेन्टको बायाँ साइडबाट सुरक्षित दायाँ साइटमा पु¥याउन मद्दत गर्दछ।

अध्याय ५ः लगानीकर्ताको पाँच स्तर

लगानी वित्तीय स्वतन्त्रताको साँचो हो। जो लगानी गर्दैनन् उनीहरुको जीवनमा यी ५ घटनाहरु घट्छन्:

  • जीवनभर कडा परिश्रम गर्छन्
  • तिनीहरु जीवनभर पैसाको चिन्ता गर्छन्
  • तिनीहरु आफ्नो देखभालको लागि अरुमा भर पर्छन् जस्तै कि परिवार, कम्पनीको पेन्सन वा सरकार
  • तिनीहरुको जीवनको सीमा पैसाले परिभाषित गर्दछ।
  • तिनीहरुलाई सच्चा स्वतन्त्रता के हो भन्ने थाहा हुँदैन।

जब तपाई कुनै पेशा सिक्नुहुन्छ, मानौ एक डाक्टरी पेशा सिक्नुभयो, तपाई पैसाको लागि कसरी काम गर्ने भन्ने सिक्नुहुन्छ। तर, लगानी गर्न सिक्नु भनेको तपाईको लागि पैसा काम गराउने तरिका सिक्नु हो। जबसम्म तपाईको पैसा तपाईको लागि काम गर्छ, तबसम्म तपाईसँग स्वतन्त्रताको टिकट हुन्छ।

सत्यता यो हो कि वास्तविक लगानीकर्ताहरु पैसालाई कहिले आराम दिँदैनन्। तिनीहरु आफ्नो पैसा परिचालन गरिरहन्छन्। यो एक रणनीति हो जसलाई ‘भेलोसिटी अफ मनि’ भनेर चिनिन्छ। एक वास्तविक लगानीकर्ताको पैसा जहिले चलिरहन्छ, नयाँ सम्पत्तीहरु अधिग्रहण गर्दै अझ बढी सम्पत्तीहरु अधिग्रहण गर्न अघि बढ्छन्। केबल सिकारुहरु पैसा पार्क गर्छन्। सफलता वा असफलता, धन वा गरिबी लगानीकर्ता कति स्मार्ट छ त्यसमा निर्भर हुन्छ। एक स्मार्ट लगानीकर्ताले शेयर बजारमा लाखौँ कमाउँछ भने सिकारुहरु लाखौँ गुमाउँछन्।

लगानीकर्ताका ५ स्तर

‘आई’ क्वाडरेन्टमा ५ प्रकार अथवा स्तरका लगानीकर्ताहरु भेटिन्छन्:

  • प्रथम स्तरः जीरो फाइनान्सियल इटेलिजेन्स लेभल
  • दोस्रो स्तरः सेभरर्स आर लुजर्स लेभल
  • तेस्रो स्तरः आई एम टु बिजी लेभल
  • चौथो स्तरः आई एम प्रोफेशनल लेभल
  • पाँचौ स्तरः क्यापिटलिस्ट लेभल

यो संसारको सबैभन्दा धनी मान्छेहरु हुन्। लेभल ५ का लगानीकर्ता, एक क्यापिटलिस्ट, ‘आई’ क्वाडरेन्टमा लगानी गर्ने ‘बी’ क्वाडरेन्टको व्यवसायको मालिक हो। बैंकरहरु १० हजार ऋण दिनुभन्दा १ करोड ऋण दिन इच्छुक हुन्छन् किनभने १ करोड ऋण दिनलाई पनि उति नै समय लाग्छ जति १० हजार ऋण दिनलाई लाग्छ। याद गर्नुहोस्, बैंकरहरु ऋणीहरुलाई मन पराउँछन् किनभने ऋणीहरुले बैंकलाई धनी बनाउँछ। यदि तपाई एक सफल पूँजीवादी बन्न चाहनुहुन्छ भने, तपाईले कसरी पूँजी बढाउने र कसरी पैसा बनाउनको लागि ऋण प्रयोग गर्ने भन्ने कुरा जान्नुपर्छ।

अध्याय ६ः तपाई आफ्नो आँखाले पैसा देख्न सक्नुहुन्न

पैसा भनेको एक विचार हो जुन तपाईको दिमागबाट स्पष्टसँग देखिन्छ। याद गर्नुहोस् कि कुनै पनि महत्वपूर्ण कुरा वास्तवमै कक्षाकोठामा सिक्न सकिँदैन। यो कर्म गरेर, गल्ती गर्दै र त्यसलाई सुधारेर सिक्नुपर्छ।

‘एक औषत मानिस लगानी गर्दा ९५ प्रतिशत आँखा र ५ प्रतिशतमात्र दिमागको प्रयोग गर्दछ’, धनी बुबा भन्छन्, ‘यदि तपाई ‘बी’ र ‘आई’ क्वाडरेन्टमा सफल बन्न चाहनुहुन्छ भने तपाईले आफ्नो आँखालाई ५ प्रतिशत र दिमागलाई ९५ प्रतिशत प्रयोग गर्न सक्नुपर्नेछ।’ जो व्यक्ति आफ्नो दिमागलाई पैसा देख्न सक्ने गरी तालिम दिन्छन् उनीहरुमा अन्यको तुलनामा अद्भुत शक्ति हुने धनी बुबा बताउँछन्।

यदि तपाईको दिमागमा पैसा पहिलो प्राथमिकता होइन भने यो तपाईको हातमा अडिदैन। सम्पत्तीले मेरो खल्तीमा पैसा राख्छ। दायित्वले मेरो खल्तीबाट पैसा निकाल्छ। तपाईको घरको मूल्य भनेको एक विचार हो जुन बजारको भाउसँगै उतारचढाव हुन्छ, जबकी तपाईको धितो बजारले असर नगर्ने निश्चित दायित्व हो।

धनी बुबा भन्छन्, ‘तपाई जति ऋण लिनुहुन्छ त्यती गरिब हुनुहुन्छ, तपाई जति ऋण दिनुहुन्छ, त्यती धनी हुनुहुन्छ’ । यो एक खेल हो।

पैसा कमाउनु स्वभाविक हो। यो कुनै विज्ञान होइन। तर दुर्भाग्यवस, जब पैसाको कुरा आउँछ, कमन सेन्स असामान्य हुन्छ।

तपाईलाई मुनाफा तब हुन्छ जब तपाई खरिद गर्नुहुन्छ, बिक्री गर्दा होइन। यदि तपाई व्यक्तिगत ऋण लिनुहुन्छ भने निश्चित गर्नुहोस् कि यो थोरै छ। यदि तपाईले धेरै ऋण लिनुभयो भने निश्चित गर्नुहोस् कि अरु कसैले यसको लागि भुक्तानी गरिरहेको छ।

लाखौँ मानिसहरुले पुस्तौँदेखि हस्तान्तरण भएका विचारहरुको आधारमा जीवनका निर्णय लिन्छन्। र तिनीहरु किन आर्थिक रुपमा संघर्ष गरिरहेका छन् भने कुरामा आफै अचम्ममा परेका छन्।

अधिकांश व्यक्तिको जीवन तथ्यहरु भन्दा उनीहरुको विचारहरुले निर्धारण गर्छन्। कुनै व्यक्तिको जीवन परिवर्तनको लागि, उनीहरुले पहिला आफ्नो विचार बदल्नुपर्छ र त्यसपछि तथ्यहरु खोज्नु पर्छ। धेरै थकाईलाग्दो परिश्रमलाई ‘विश्लेषण पक्षघात’ पनि भनिन्छ।

औषत मध्यम–वर्गको वित्तीय तस्वीरः

अन्य व्यक्तिको वासलात:

यदि तपाई अब खेल बुझ्नुहुन्छ भने, तपाईले बुझ्नुहुनेछ कि यी दायित्वहरु कसैको वासलातमा सम्पत्तीको रुपमा दखिनुपर्छ, यो जस्तैः

धेरै मानिसहरुको लागि उनीहरुको ऋणी कोही छैन। उनीहरुसँग कुनै वास्तविक सम्पत्ती (ती चीजहरु जसले उनीहरुको खल्तीमा पैसा राख्छन्) छैन र तिनीहरु प्रायः सबैको ऋणी हुन्छन्। त्यसैले उनीहरु रोजगारको सुरक्षामा अल्झिरहेका छन् आर्थिक संघर्ष गर्दछन्। यदि यो उनीहरुको लागि होइन भने, तिनीहरु एक झट्कामा टुट्नेछन्।

धेरै व्यक्ति स्कुल जान्छन् र खेलमा समावेश हुन्छन् तर कसैले तिनीहरुलाई नियम बुझाउँदैनन्। कसैले उनीहरुलाई खेलको नाम ‘को कसको ऋणी?’ भनेर बताउँदैनन्। क्रमशः

आर्थिक स्वतन्त्रता प्राप्त गर्न सिकाउने ‘क्यासफ्लो क्वाडरेन्ट’ भाग १

आर्थिक स्वतन्त्रता प्राप्त गर्न सिकाउने ‘क्यासफ्लो क्वाडरेन्ट’ भाग २

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।