हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द हुने

May 20, 2020 08:44 PM Merolagani



सरकारले हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक तथा वाह्य हवाइ उडानका साथै सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

मंगलबार बसेको समितको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

सरकारले यसअघि जेठ १८ सम्म हवाइ उडान र सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउन जेठ २० सम्म थपेको छ । यससंगै सरकारले हवाइ उडान र सीमा नाका बन्द गर्ने समय थप गरेको हो ।  




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।