उपत्यका भित्रिने नाका सिल गर्न गृह मन्त्रालयको निर्देशन, उपत्यका प्रवेश गर्न आरडिटी रिपोर्ट पेश गर्नुपर्ने

May 21, 2020 01:33 PM Merolagani



गृह मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने सबै नाका सिल गर्न निर्देशन दिएको छ। मन्त्रालयले लकडाउन अवधीभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा जेठ १ गते बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएपछि उक्त निर्णय गरेका थिए। गृहले उक्त निर्णय कार्यान्वयनको लागि आज बिहीबार पत्र पठाउदै उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ।

काठमाडौं उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न र लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा गृहले निर्देशन दिएको छ।

यस्तै काठमाडौं  उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौँ उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने व्यवस्था गरेको छ।

नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौं उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ-आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टिन बस्ने व्यक्ति स्वयंमले क्वारेन्टिन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टिन प्रयोजनका लागि लाग्ने संचालन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउन पनि गृहले निर्देशन दिएको छ।

यस्तै काठमाडौं उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नु पूर्व नै शुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्न स्थानिय निकायलाई पठाएको पत्रमा उल्लेख छ।

स्थानीय संघ, संस्था/क्लबहरुले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाएकोले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्ने पनि उल्लेख छ।

काठमाडौं उपत्यकास्थित स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी र लगत संकलन गरी आवश्यक कारवाही प्रक्रिया शुरु गर्ने र सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको चेकजाच र निगरानीमा थप कडाई गर्ने, स्थानीय तहसँग समन्वय गर्न पनि गृहले निर्देशन दिएको छ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।