कोरोना सुरक्षा सामान खरिदमा १० प्रतिशत छुट

May 25, 2020 03:54 PM Merolagani



मोबाइल एप रिचार्जर र एनआईसी एशिया बैंकबीच छुट सम्झौता भएको छ । रिचार्जरबाट कोरोना सुरक्षाका सामग्री खरिद गर्दा एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने सम्झौता भएको हो ।

ग्लोबल की टेक्नोलोजी र रिचार्जरका बिचमा भएको सम्झौता अनुसार मे महिना भरी बैंकका सेवाग्राहीले रिचार्जरको छुटसँगै कोरोना सुरक्षाका सामान किन्दा थप १० प्रतिशत छुट पाउने छन् ।

रिचार्जरले विश्व बजारको तुलनामा नेपालमा सस्तो मूल्यमा के एन ९५ मास्क उपलब्ध गराउँदै आई रहेको छ । निशुल्क होम डेलिभरी सहित १७५ रुपैंयामा के एन ९५ मास्क उपलब्ध गराउँदै आएको रिचार्जरले सामाजिक उत्तरदायित्व अन्तरगत अलिबाबा, अमेजन लगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराइएको दाबी गरेको छ ।

रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको जनाएको छ ।

मुलुकभर थोक मात्रामा पनि यी सामानहरु सस्तोमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । थोक मात्रामा मास्क, स्यानिटाइजर, थर्मल गन लगायतका सामान आवश्यक परेमा रिचार्जरमा सम्पर्क गर्न सकिने छ ।

रिचार्जरको यो अफरमा एनआईसी एशिया बैंकका सेवाग्राहीले थप १० प्रतिशत छुट पाउने छन् । एनआईसी एशिया बैंकका अनुसार रिचार्जरबाट अर्डर भएको सामानको महसुल भुक्तान भए पछि १० प्रतिशत रकम खातावालाको बैंक खातामा फिर्ता गरिनेछ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।